लक्ष्य भन्दा २ करोड ८३ लाख बढी
लक्ष्मण ढुंगाना
बर्दिया, १९ श्रावण
जिल्ला मालपोत कार्यालय बर्दियाको राजश्वमा वृद्धि भएको छ । आर्थिक बर्ष ०७२ ÷०७३ मा ३ करोड ८८ लाख ८० हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ करोड ७१ लाख ७९ हजार ९५६ रुपैया संकलन भएको छ । यो लक्ष्य भन्दा ७३ प्रतिशतले बढी भएको जिल्ला मालपोत कार्यालय बर्दियाले जनाएको छ ।
कार्यालयले ०७२ श्रावण देखि ०७३ असार मसान्त सम्म रजीष्ट्रेसन दस्तुर असुलीवाट ५ करोड ८८ लाख ३४ हजार ८५ रुपैया संकलन गरेको छ भने बाँकी रकम फारम र लालपुर्जा विक्रि, जग्गा रोक्का, सेवासुल्क र विविध गरी कुल ६ करोड ७१ लाख ७९ हजार ९५६ रुपैया राजश्व संकलन गरेको हो । प्रत्यक बर्ष जग्गाको मुल्याङ्कन बढी हुने भएकोले राजश्व पनि बढने गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख भरत पौडेलले बताए ।
गत आर्थिक बर्ष ०७१÷०७२ को सोही अवधिमा ३ करोड २९ लाख १८ हजार लक्ष्य रहेकोमा ६ करोड ४२ लाख ६४ हजार ८२२ अर्थात १ सय ९५ प्रतिशत राजश्व संकलन गरेको थियो । कार्यालय प्रमुख पौडेलका अनुसार यसबर्ष २ करोड १० लाख ८९ हजार २१८ कार्यालयको बेरुजु रहेकोमा १ करोड ९१ लख १ हजार ८४ रुपेया फछ्योट गरेको छ ।
आर्थिक बर्ष ०७२÷०७३ मा कुल १० हजार १९७ लिखत पारित भएको थियो । जसमध्य ग्रामिण क्षेत्रको लिखत संख्या ४ हजार ५२० रहेकोमा सो को जग्गा रजिस्ट्रेसन वापत २ करोड २० लाख ३३ हजार ५६५ र शहरी क्षेत्रको लिखत संख्या ५ हजार ६७७ रहेकोमा जग्गा रजिस्ट्रेसन वापत ३ करोड ६८ लाख ५२० रुपैया राजश्व संकलन गरेको हो । गतबर्ष कुल ११ हजार ७६५ लिखत पारित भएका थिए ।
त्यस्तै ३ हजार ५४ जना महिलाले आफ्नो नाममा जग्गा दर्ता गराएको जिल्ला मालपोत कार्यालय बर्दियाले जनाएको छ । गतबर्ष २ लाख २६ हजार ५८१ कित्ता जग्गा रहेकोमा यसबर्ष टुक्रिएर २ लाख ३० हजार ५६४ पुगेको छ ।
अर्ब लगानीको उद्योगवाट परीक्षण उत्पादन शुरु
चौधरी ग्रुप (सीजी) ले बर्दियामा चाउचाउ उत्पादन शुरु गरेको छ । ४ बर्ष अघि बर्दियाको बाँसगढी नगरपालीका–४, पुस्पनगरमा जग्गा खरिद गरी भवन निर्माण शुरु गरेको उद्योगले आइतवार देखि उत्पादन शुरु गरेको हो । योे बर्दियामा पहिलो ठुलो उद्योग हो । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त कोहलपुर जानेवाटोमा सीजी फुड्स ईन्टरप्राईज्स प्राईभेट लिमिटेटका नामवाट संचालित सो उद्योगवाट प्रारम्भिक चरणमा वाईवाई र गोलमोल चाउचाउ उत्पादन शुरु भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौडेलले बताए ।
गुलरिया–५ बेचैपुरकी २६ बर्षिय संगिता थारु नजीकैको हाटबजारमा नियमित रुपमा तरकारीबेच्न जाने गर्छीन् । तरकारी बेचेको पैसाले चामल, दाल लगायत खाद्धान्न किनेर ल्याउछीन । बचेको पैसा छोराछोरीको पढाइका साथै विभिन्न समुहमा बचतमा लाउछीन् । खानेमाना देखि छोराछोरी पढाउने अनि समुहमा बचत गर्ने मुख्य स्रोत तरकारी बिक्रि भएपछि उनको जिविकोपार्जनको आधार त्यही तरकारी खेती भएको छ । उनको आफ्नो ४ कठठ मात्रै जग्गा भएपनि तरकारी खेतीवाट राम्रै गुजारा चलेको छ ।
अनुमानित लागतको ६० प्रतिशत कम लागतमा ठेक्का सम्झौता हुँदा गुणस्तरहिन कार्य
लक्ष्मण ढुंगाना
बर्दिया
बर्दिया राजापुरका २६ बर्षिय सिराजुद्दीन अहमद असार १२ गते नेपालगंजवाट राजापुर जानेक्रममा सानोश्री ताराताल नगरपालिका नजीकै मोटर साईकल दुर्घटनामा परे । दुर्घटनामा उनको दाहिने खुट्टा भाचियो, घर जान हिडेका उनी त्यतैवाट आफन्तलाई बोलाई एम्बुलेन्समा पुनः नेपालगंज गई उपचार गराउन बाध्य भए ।
सडकमा ठाउँ ठाउँमा खाडल हुनु र मर्मतका नाममा थुपारेका ढुंगा, गीट्टी नसम्याउदा दुर्घटना भएको उनको ठम्याई छ । ‘टालटुले सडकले निकै सास्ती भयो,’ उनले भने ‘मेरो दुर्घटनाको कारण अरु केही नभई हुलाकी सडकमा भएका खाल्डा खुल्डी र मर्मतका नाममा ठाँउ ठाँउमा थुपारेको ढुंगा, गीट्टी हो ।’ सम्वन्धित निकायको ग्रैह्र जिम्मेवारीका कारण सर्वसाधारणले अनावश्यक दुखः झेल्नु परेको उनको गुनासो छ ।
सिराजुद्दीन जस्तै बाँकेको कोहलपुर निवासी विनोद जैसीको असार २१ गते खैरापुर नजीकै खाडलमा परी बाईक अनियन्त्रीत हुँदा निधारमा गहिरो चोट लाग्यो । विपरित दिशावाट आएको बसलाई साईड दिनखोज्दा अगाडी खाल्डोमा परेर चोट लागेको उनले बताए । बर्दियाको सुर्यपटुवा आफन्तकहाँ जान हिडेका उनले त्यहीवाट फर्किनु परेको बताए ।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन हुलाकी सडकमा खाल्डाखुल्डी र ठेकेदारले सडक मर्मतका नाममा टालटुल गरी ठाउँ ठाउँमा ग्रया्भेल थुपार्दा दैनिक दर्जनौ यात्रुले यस्तै सास्ती ब्यहोर्नु परेको छ । त्यसमाथ सुत्केरी, बृद्धबृद्धा र असक्तलाई झनै समस्या समस्या भएको छ ।
नेपालको दक्षिणी तराई भेगको एक प्रमुख पूर्वाधार हुलाकी राजमार्ग अन्तगर्त ८ महिना अघि टेण्डर भएको मुर्तिहा–गुलरिया–भुरिगाउँ सडक निर्माण नहुँदा सडक जिर्ण भएको हो । जिर्ण सडक मर्मतका लागि हुलाकी राजमार्ग आयोजनाले असार २ गते देखि लागुहुने गरी निर्माण कम्पनी जयदेवी एस.एस. निर्माण सेवा नेपालगंजसंग भुरिगाऊँ देखि सर्युनाला सम्म ३ वटा प्याकेजमा ग्रयाभलींग गर्न सम्झौता गरेको थियो ।
सडक ग्रयाभलींग निर्माणमा आयोजनाले भ्याट र कन्टीजेन्सी बाहेक १ करोड २३ लाख खर्च लाग्ने अनुमान गरी टेण्डर आब्हान गरेपनी निर्माण कम्पनीले करिव ५० लाखमा ठेक्का लिएको छ । यो रकम लागत अनुमान भन्दा करिव ६० प्रतिशतले कम हो ।
३ वटा प्याकेज मध्य भुरिगाँउ देखि बेलवा चोक सम्म कन्टीजेन्सी र भ्याट बाहेक २९ लाख ६६ हजार लागत अनुमान रहेकोमा११ लाख ५५ हजार अर्थात ६१ प्रतिशत कम, त्यस्तै बेलवा चोक देखि सानोश्री सम्म ४४ लाख ६१ हजार लागत अनुमान रहेकोमा १७ लाख ३४ हजार अर्थात ६२ प्रतिशत कम लागतमा कामगर्नेगरी ठेक्का पाएको छ । त्यस्तै सानोश्री देखि सर्युनाला सम्म ५० लाख ८३ हजार लागत अनुमान रहेकोमा २० लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ । यो अनुमानीत लागतको करिव ६० प्रतिशत कम भएको हुलाकी राजमार्ग आयोजना नेपालगंजका ईन्जीनीयर बिरेन्द्रप्रकास गुप्ताले बताए ।
सम्झौता अनुसार कुल ६ हजार १७७ घन मिटर ग्रयाभेल गर्नुपर्नेमा ठाँउ ठाँउमा बालुवा र ठुल्ठुला ढुंगा थुपारी आखाँमा छारो हाल्ने काममात्रै गरेकोले सडकमा झनै जोखिम बढेको स्थानियवासीको गुनासो छ । गुणस्तरहिन कार्यगरी आलटाल गरेको भन्दै सानोश्रीमा स्थानीयवासीले आयोजनाका ईन्जीनीयरलाई घेराउ गरेपछि हाल थप ग्रयाभलींग गरीएको स्थानियले बताएका छन । तथापी सडकमा ठुलाठुला ढुंगा थुपारेर झनै सास्ती भएको बताईएको छ ।
आयोजनाका ईन्जीनियर गुप्ताले आफुले पटक–पटक खाल्डाखुल्डी रहेको स्थानमा थप ग्रयाभलींग गरी सम्याउन दवाव दिएको बताए । ‘हामीले सम्झौता अनुसार काम गर्न दवाव दिदैआएका छा’ै उनले भने ।

बर्दिया, १८ श्रावण
राजापुर भन्सार कार्यालय बर्दियाले आ.व. २०७२÷०७३ मा लक्ष्यभन्दा ९ प्रतिशत अर्थात १६ लाख ४४ हजार ५१७ रुपैया बढी राजश्व संकलन गरेको छ । यस आर्थिक बर्षमा १ करोड ९३ लाख १५ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड ९ लाख ५९ हजार अर्थात १०९ प्रतिशत राजश्व संकलन गरेको हो । यो संकलन दर लक्ष्य भन्दा ९ प्रतिशत र गतबर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी भएको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
आ.व. २०७२÷०७३ मा यसअघि तोकिएको वार्षिक राजस्व असुली लक्ष्य भन्दा चैत्र महिनामा १७ प्रतिशत बढाएको थियो । यसअघि कार्यालयको राजस्व असूलीको वार्षिक लक्ष्य १ करोड ६९ लाख ३७ हजार तोकेकोमा विभागले त्यसलाई बढाएर करिव २ करोड पु¥याएको थियो । लक्ष्य बढाएसंगै कार्यालयको राजश्व असुली पनी बढेको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
चोरी पैठारी नियन्त्रणमा निगरानी बढाई भन्सार असुलीमा कडाई गरेपछि राजश्व संकलनमा वृद्धि भएको हो । यो आर्थिक वर्Èमा भन्सार राजश्व १ करोड ३० लाख १२ हजार, र सदरस्याहा ७९ लाख ८६ हजार रुपैया राजस्व उठेको कार्यालयका प्रमुख मनोज वि. क.ले बताए ।
गत आ.व. २०७१÷०७२ मा १ करोड १९ लाख ६४ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा १ करोड ४८ लाख १ हजार अर्थात लक्ष्य भन्दा करिव २४ प्रतिशत बढी राजश्व उठेको थियो ।
जिल्लाको राजापुर क्षेत्र सवैभन्दा बढी भन्सार राजश्व संकलन हुने नाका हो । भन्सारको एकबर्षको अभिलेख हेर्नेहो भने राजापुरवाट जिल्लामा कुल राजश्व संकलनको करिव ५० प्रतिशत राजश्व संकलन भएको छ । यो आर्थिक बर्षमा राजापुर मुल भन्सारले ९५ लाख २८ हजार ९४८, छोटी भन्सार गुलरियाले २५ लाख ४ हजार र छोटी भन्सार तारातालले ९ लाख ७९ हजार ५५७ रुपैया राजश्व संकलन गरेको छ ।
भन्सारको यस आर्थिक बर्षको चोरी पैठारी, निकासी अभियोगमा दाखिला भएका मुद्दाको विवरण सम्वन्धी तथ्याङ्क हेर्दा नेपाल प्रहरीले १ सय ८४ वटा मुद्धा दर्ता गरेको छ । तिनको प्रतिवेदन मुल्य १ करोड ३७ लाख ४० हजार रहेको छ भने सिमा सुरक्षाका लागि तैनाथ शसस्त्र प्रहरीले पत्याउनै नसकीने ज्यादै न्युन संख्यामा मुद्धा दाखिला गरेको देखिन्छ । एक बर्षको अवधिमा शसस्त्र प्रहरीले २१ वटा मुद्धा मात्र दर्ता गरेको छ । जवकी कर्मचारी अभावमा रहेको भन्सार आफैले गस्ती गरी सशस्त्र भन्दा १२ मुद्धा बढी अर्थात ३३ वटा मुद्धा दर्ता गरेको छ । यो विवरणले तस्करी नियन्त्रणमा शसस्त्र प्रहरीको भुमिकामाथी प्रश्न उठने छ ।
बर्दियाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको राजापुर बजारमा हार्डवयर, आलु, खुर्सानी, सीध्रा माछा लगायतका सामाग्री वढी आयात हुन्छ भने गुलरिया क्षेत्रमा दाल, चामल, चप्पल, चिनि लगायत सामाग्री बढी आयातीत भई राजश्व संकलन हुने गरेको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
लक्ष्मण ढुंगाना
बर्दिया, १८ श्रावण
युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाण्डौद्वारा बर्दियांका १० सहकारी संस्थाहरुलाई ३ करोड ८५ लाख कर्जा वितरण गरिने भएको छ ।
कोषले दोस्रो चरणमा स्वरोजगार कर्जा प्रवाह गर्नका लागिसहकारी संस्था छनौट सम्वन्धि सूचना आब्हान गरेपछि कर्जा माग प्रस्ताव पेश गर्ने जिल्लाका १८ मध्य १० सहकारी संस्था छनौट भएको जनाएको छ । ति सहकारी संस्थाहरुले १३ करोड कर्जा माग प्रस्ताव गरेका थिए ।
कर्जा प्राप्त गरेका मध्य ५० लाख प्राप्त गर्ने सहकारी संस्थाहरुमा बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि, कालिका बचत तथा ऋण सहकारी संस्था लि.र नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन । त्यस्तै ४० लाख प्राप्त गर्ने सहकारीहरुमा जनभावना बचत तथा ऋण सहकारी संस्था लि बाँसगढी र कुसम्बादेवी बचत तथा ऋण सहकारी संस्था लि. सानोश्रीताराताल रहेका छन ।
त्यस्तै बंगलामुखी बहुउद्देश्यीय सहकारी संस्था लि.सानोश्रीतारातालले ३५ लाख प्राप्त गरेको छ भने ऐश्वर्य महिला जागृति बचत तथा ऋण सहकारी संस्था लि. दौलतपुर, विहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्था लि. पाताभार, मालिका बचत तथा ऋण सहकारी संस्था लि. र श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. शिवपुर गरी ४ वटा सहकारीहरुले ३०÷३० लाख प्राप्त गरेको युवा तथा साना व्यबसायी स्वरोजगार कोषको सचिबालयका जिल्ला संयोजन तथा अनुगमन समितिका सचिव रामलाल चौधरीले बताए ।
युवा स्वरोजगार कार्यक्रममा सहभागी हुन युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिमा जिल्लाका १८ वटा सहकारी संस्थाहरुले निवेदन पेश गरेपनि मुल्याङ्कनको आधारमा १० वटा सहकारीहरुलाई सिफारिस गरेको उनको भनाई छ ।
यसअघि बर्दियावाट ८ वटा सहकारीहरुले ३ करोड २५ लाख कर्जा लगानी प्राप्त गरी लगानी गर्दै आएपनी मैत्रेय उपभोक्ता बहुमुखी सहकारी संस्था लि, आयम युवा कृषक बहुमुखि सहकारी संस्था लि.र तरुण बचत तथा ऋण सहकारी संस्था लि.ले कोषलाई नियमित साँवा तथा व्याज भुक्तानी नगर्ने गरेको बताईएको छ ।
अर्थ मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत बेरोजगार युवालाई आत्मनिर्भर, सक्षम र सवल बनाउने उद्देश्यले विना धितो सहकारीको जमानीमा ऋण लगानी गर्न रकम उपलब्ध गराएको हो । उक्त ऋण लिनको लागि स्थानीय सहकारी संस्थाको सदस्य हुन अनिर्वाय गरिएको छ ।
कोषको कर्जा लगानी मापदण्ड अनुसार सहकारी संस्थाहरुमा कर्जा वितरण गर्ने र सहकारी संस्थाहरुले विनाधितो १२ प्रतिशत व्याजदरमा १८ देखि ५० वर्षसम्मका बेरोजगार युवाहरुलाई व्यक्तिगत वा समुहगत रुपमा कर्जा प्रवाह गर्ने व्यवस्था छ । http://np.karobardaily.com/2016/07/95227/