नेपालगन्ज · बाँके · बर्दिया
ताजा समाचार
Tuesday November 29, 2016  |  
टालटुले सडकले यात्रुलाई सास्ती
लेखक: Unknown · 3:52 AM

अनुमानित लागतको ६० प्रतिशत कम लागतमा ठेक्का सम्झौता हुँदा गुणस्तरहिन कार्य

लक्ष्मण ढुंगाना
बर्दिया
    बर्दिया राजापुरका २६ बर्षिय सिराजुद्दीन अहमद असार १२ गते नेपालगंजवाट राजापुर जानेक्रममा सानोश्री ताराताल नगरपालिका नजीकै मोटर साईकल दुर्घटनामा परे । दुर्घटनामा उनको दाहिने खुट्टा भाचियो, घर जान हिडेका उनी त्यतैवाट आफन्तलाई बोलाई एम्बुलेन्समा पुनः नेपालगंज गई उपचार गराउन बाध्य भए ।
    सडकमा ठाउँ ठाउँमा खाडल हुनु र मर्मतका नाममा थुपारेका ढुंगा, गीट्टी नसम्याउदा दुर्घटना भएको उनको ठम्याई छ । ‘टालटुले सडकले निकै सास्ती भयो,’ उनले भने ‘मेरो दुर्घटनाको कारण अरु केही नभई हुलाकी सडकमा भएका खाल्डा खुल्डी र मर्मतका नाममा ठाँउ ठाँउमा थुपारेको ढुंगा, गीट्टी हो ।’ सम्वन्धित निकायको ग्रैह्र जिम्मेवारीका कारण सर्वसाधारणले अनावश्यक दुखः झेल्नु परेको उनको गुनासो छ ।
    सिराजुद्दीन जस्तै बाँकेको कोहलपुर निवासी विनोद जैसीको असार २१ गते खैरापुर नजीकै खाडलमा परी बाईक अनियन्त्रीत हुँदा निधारमा गहिरो चोट लाग्यो । विपरित दिशावाट आएको बसलाई साईड दिनखोज्दा अगाडी खाल्डोमा परेर चोट लागेको उनले बताए । बर्दियाको सुर्यपटुवा आफन्तकहाँ जान हिडेका उनले त्यहीवाट फर्किनु परेको बताए ।
    यी त केही प्रतिनिधि पात्र मात्रै हुन हुलाकी सडकमा खाल्डाखुल्डी र ठेकेदारले सडक मर्मतका नाममा टालटुल गरी ठाउँ ठाउँमा ग्रया्भेल थुपार्दा दैनिक दर्जनौ यात्रुले यस्तै सास्ती ब्यहोर्नु परेको छ । त्यसमाथ सुत्केरी, बृद्धबृद्धा र असक्तलाई झनै समस्या समस्या भएको छ ।
    नेपालको दक्षिणी तराई भेगको एक प्रमुख पूर्वाधार हुलाकी राजमार्ग अन्तगर्त ८ महिना अघि टेण्डर भएको मुर्तिहा–गुलरिया–भुरिगाउँ सडक निर्माण नहुँदा सडक जिर्ण भएको हो । जिर्ण सडक मर्मतका लागि हुलाकी राजमार्ग आयोजनाले असार २ गते देखि लागुहुने गरी निर्माण कम्पनी जयदेवी एस.एस. निर्माण सेवा नेपालगंजसंग भुरिगाऊँ देखि सर्युनाला सम्म ३ वटा प्याकेजमा ग्रयाभलींग गर्न सम्झौता गरेको थियो ।
    सडक ग्रयाभलींग निर्माणमा आयोजनाले भ्याट र कन्टीजेन्सी बाहेक १ करोड २३ लाख खर्च लाग्ने अनुमान गरी टेण्डर आब्हान गरेपनी निर्माण कम्पनीले करिव ५० लाखमा ठेक्का लिएको छ । यो रकम लागत अनुमान भन्दा करिव ६० प्रतिशतले कम हो ।
    ३ वटा प्याकेज मध्य भुरिगाँउ देखि बेलवा चोक सम्म कन्टीजेन्सी र भ्याट बाहेक २९ लाख ६६ हजार लागत अनुमान रहेकोमा११ लाख ५५ हजार अर्थात ६१ प्रतिशत कम, त्यस्तै बेलवा चोक देखि सानोश्री सम्म ४४ लाख ६१ हजार लागत अनुमान रहेकोमा १७ लाख ३४ हजार अर्थात ६२ प्रतिशत कम लागतमा कामगर्नेगरी ठेक्का पाएको छ । त्यस्तै सानोश्री देखि सर्युनाला सम्म ५० लाख ८३ हजार लागत अनुमान रहेकोमा २० लाख ८७ हजारमा ठेक्का सम्झौता भएको छ । यो अनुमानीत लागतको करिव ६० प्रतिशत कम भएको हुलाकी राजमार्ग आयोजना नेपालगंजका ईन्जीनीयर बिरेन्द्रप्रकास गुप्ताले बताए ।
    सम्झौता अनुसार कुल ६ हजार १७७ घन मिटर ग्रयाभेल गर्नुपर्नेमा ठाँउ ठाँउमा बालुवा र ठुल्ठुला ढुंगा थुपारी आखाँमा छारो हाल्ने काममात्रै गरेकोले सडकमा झनै जोखिम बढेको स्थानियवासीको गुनासो छ । गुणस्तरहिन कार्यगरी आलटाल गरेको भन्दै सानोश्रीमा स्थानीयवासीले आयोजनाका ईन्जीनीयरलाई घेराउ गरेपछि हाल थप ग्रयाभलींग गरीएको स्थानियले बताएका छन । तथापी सडकमा ठुलाठुला ढुंगा थुपारेर झनै सास्ती भएको बताईएको छ ।
    आयोजनाका ईन्जीनियर गुप्ताले आफुले पटक–पटक खाल्डाखुल्डी रहेको स्थानमा थप ग्रयाभलींग गरी सम्याउन दवाव दिएको बताए । ‘हामीले सम्झौता अनुसार काम गर्न दवाव दिदैआएका छा’ै उनले भने ।

  

,

0 Comments

प्रतिक्रिया दिनुहोस्

प्रत्यक्ष

Facebook

हाम्रो टिम


Nepalgunj-Banke
Bheri, Nepal
Phone : +977985030177
Email : paschimsandesh1@gmail.com
Web : www.paschimsandesh.com