लक्ष्मण ढुंगाना
बर्दिया, १८ श्रावण
राजापुर भन्सार कार्यालय बर्दियाले आ.व. २०७२÷०७३ मा लक्ष्यभन्दा ९ प्रतिशत अर्थात १६ लाख ४४ हजार ५१७ रुपैया बढी राजश्व संकलन गरेको छ । यस आर्थिक बर्षमा १ करोड ९३ लाख १५ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड ९ लाख ५९ हजार अर्थात १०९ प्रतिशत राजश्व संकलन गरेको हो । यो संकलन दर लक्ष्य भन्दा ९ प्रतिशत र गतबर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी भएको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
आ.व. २०७२÷०७३ मा यसअघि तोकिएको वार्षिक राजस्व असुली लक्ष्य भन्दा चैत्र महिनामा १७ प्रतिशत बढाएको थियो । यसअघि कार्यालयको राजस्व असूलीको वार्षिक लक्ष्य १ करोड ६९ लाख ३७ हजार तोकेकोमा विभागले त्यसलाई बढाएर करिव २ करोड पु¥याएको थियो । लक्ष्य बढाएसंगै कार्यालयको राजश्व असुली पनी बढेको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
चोरी पैठारी नियन्त्रणमा निगरानी बढाई भन्सार असुलीमा कडाई गरेपछि राजश्व संकलनमा वृद्धि भएको हो । यो आर्थिक वर्Èमा भन्सार राजश्व १ करोड ३० लाख १२ हजार, र सदरस्याहा ७९ लाख ८६ हजार रुपैया राजस्व उठेको कार्यालयका प्रमुख मनोज वि. क.ले बताए ।
गत आ.व. २०७१÷०७२ मा १ करोड १९ लाख ६४ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा १ करोड ४८ लाख १ हजार अर्थात लक्ष्य भन्दा करिव २४ प्रतिशत बढी राजश्व उठेको थियो ।
जिल्लाको राजापुर क्षेत्र सवैभन्दा बढी भन्सार राजश्व संकलन हुने नाका हो । भन्सारको एकबर्षको अभिलेख हेर्नेहो भने राजापुरवाट जिल्लामा कुल राजश्व संकलनको करिव ५० प्रतिशत राजश्व संकलन भएको छ । यो आर्थिक बर्षमा राजापुर मुल भन्सारले ९५ लाख २८ हजार ९४८, छोटी भन्सार गुलरियाले २५ लाख ४ हजार र छोटी भन्सार तारातालले ९ लाख ७९ हजार ५५७ रुपैया राजश्व संकलन गरेको छ ।
भन्सारको यस आर्थिक बर्षको चोरी पैठारी, निकासी अभियोगमा दाखिला भएका मुद्दाको विवरण सम्वन्धी तथ्याङ्क हेर्दा नेपाल प्रहरीले १ सय ८४ वटा मुद्धा दर्ता गरेको छ । तिनको प्रतिवेदन मुल्य १ करोड ३७ लाख ४० हजार रहेको छ भने सिमा सुरक्षाका लागि तैनाथ शसस्त्र प्रहरीले पत्याउनै नसकीने ज्यादै न्युन संख्यामा मुद्धा दाखिला गरेको देखिन्छ । एक बर्षको अवधिमा शसस्त्र प्रहरीले २१ वटा मुद्धा मात्र दर्ता गरेको छ । जवकी कर्मचारी अभावमा रहेको भन्सार आफैले गस्ती गरी सशस्त्र भन्दा १२ मुद्धा बढी अर्थात ३३ वटा मुद्धा दर्ता गरेको छ । यो विवरणले तस्करी नियन्त्रणमा शसस्त्र प्रहरीको भुमिकामाथी प्रश्न उठने छ ।
बर्दियाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको राजापुर बजारमा हार्डवयर, आलु, खुर्सानी, सीध्रा माछा लगायतका सामाग्री वढी आयात हुन्छ भने गुलरिया क्षेत्रमा दाल, चामल, चप्पल, चिनि लगायत सामाग्री बढी आयातीत भई राजश्व संकलन हुने गरेको राजापुर भन्सार कार्यालयले जनाएको छ ।

No comments:
Post a Comment