अर्ब लगानीको उद्योगवाट परीक्षण उत्पादन शुरु
चौधरी ग्रुप (सीजी) ले बर्दियामा चाउचाउ उत्पादन शुरु गरेको छ । ४ बर्ष अघि बर्दियाको बाँसगढी नगरपालीका–४, पुस्पनगरमा जग्गा खरिद गरी भवन निर्माण शुरु गरेको उद्योगले आइतवार देखि उत्पादन शुरु गरेको हो । योे बर्दियामा पहिलो ठुलो उद्योग हो । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त कोहलपुर जानेवाटोमा सीजी फुड्स ईन्टरप्राईज्स प्राईभेट लिमिटेटका नामवाट संचालित सो उद्योगवाट प्रारम्भिक चरणमा वाईवाई र गोलमोल चाउचाउ उत्पादन शुरु भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौडेलले बताए ।


No comments:
Post a Comment