बर्दियाका १० सहकारीलाई ३ करोड ८५ लाख स्वरोजगार कर्जा - लक्ष्मण ढुङ्गाना

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Wednesday, August 3, 2016

बर्दियाका १० सहकारीलाई ३ करोड ८५ लाख स्वरोजगार कर्जा

लक्ष्मण ढुंगाना
बर्दिया, १८ श्रावण
युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाण्डौद्वारा बर्दियांका १० सहकारी संस्थाहरुलाई ३ करोड ८५ लाख कर्जा वितरण गरिने भएको छ । 
कोषले दोस्रो चरणमा स्वरोजगार कर्जा प्रवाह गर्नका लागिसहकारी संस्था छनौट सम्वन्धि सूचना आब्हान गरेपछि कर्जा माग प्रस्ताव पेश गर्ने जिल्लाका १८ मध्य १० सहकारी संस्था छनौट भएको जनाएको छ । ति सहकारी संस्थाहरुले १३ करोड कर्जा माग प्रस्ताव गरेका थिए । 
कर्जा प्राप्त गरेका मध्य ५० लाख प्राप्त गर्ने सहकारी संस्थाहरुमा बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि, कालिका बचत तथा ऋण सहकारी संस्था लि.र नेउलापुर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन । त्यस्तै ४० लाख प्राप्त गर्ने सहकारीहरुमा जनभावना बचत तथा ऋण सहकारी संस्था लि बाँसगढी र कुसम्बादेवी बचत तथा ऋण सहकारी संस्था लि. सानोश्रीताराताल रहेका छन ।
त्यस्तै बंगलामुखी बहुउद्देश्यीय सहकारी संस्था लि.सानोश्रीतारातालले ३५ लाख प्राप्त गरेको छ भने ऐश्वर्य महिला जागृति बचत तथा ऋण सहकारी संस्था लि. दौलतपुर, विहानी मध्यवर्ती बहुउद्देश्यीय सहकारी संस्था लि. पाताभार, मालिका बचत तथा ऋण सहकारी संस्था लि. र श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. शिवपुर गरी ४ वटा सहकारीहरुले ३०÷३० लाख प्राप्त गरेको युवा तथा साना व्यबसायी स्वरोजगार कोषको सचिबालयका जिल्ला संयोजन तथा अनुगमन समितिका सचिव रामलाल चौधरीले बताए ।
युवा स्वरोजगार कार्यक्रममा सहभागी हुन युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिमा जिल्लाका १८ वटा सहकारी संस्थाहरुले निवेदन पेश गरेपनि मुल्याङ्कनको आधारमा १० वटा सहकारीहरुलाई सिफारिस गरेको उनको भनाई छ । 
यसअघि बर्दियावाट ८ वटा सहकारीहरुले ३ करोड २५ लाख कर्जा लगानी प्राप्त गरी लगानी गर्दै आएपनी मैत्रेय उपभोक्ता बहुमुखी सहकारी संस्था लि, आयम युवा कृषक बहुमुखि सहकारी संस्था लि.र तरुण बचत तथा ऋण सहकारी संस्था लि.ले कोषलाई नियमित साँवा तथा व्याज भुक्तानी नगर्ने गरेको बताईएको छ । 
अर्थ मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत बेरोजगार युवालाई आत्मनिर्भर, सक्षम र सवल बनाउने उद्देश्यले विना धितो सहकारीको जमानीमा ऋण लगानी गर्न रकम उपलब्ध गराएको हो । उक्त ऋण लिनको लागि स्थानीय सहकारी संस्थाको सदस्य हुन अनिर्वाय गरिएको छ । 
कोषको कर्जा लगानी मापदण्ड अनुसार सहकारी संस्थाहरुमा कर्जा वितरण गर्ने र सहकारी संस्थाहरुले विनाधितो १२ प्रतिशत व्याजदरमा १८ देखि ५० वर्षसम्मका बेरोजगार युवाहरुलाई व्यक्तिगत वा समुहगत रुपमा कर्जा प्रवाह गर्ने व्यवस्था छ ।  http://np.karobardaily.com/2016/07/95227/

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages