बर्दिया मालपोतको राजश्व बढयो - लक्ष्मण ढुङ्गाना

Breaking

Home Top Ad

Responsive Ads Here

Post Top Ad

Responsive Ads Here

Thursday, August 4, 2016

बर्दिया मालपोतको राजश्व बढयो

लक्ष्य भन्दा २ करोड ८३ लाख बढी
लक्ष्मण ढुंगाना
बर्दिया, १९ श्रावण
    जिल्ला मालपोत कार्यालय बर्दियाको राजश्वमा वृद्धि भएको छ । आर्थिक बर्ष ०७२ ÷०७३ मा ३ करोड ८८ लाख ८० हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ करोड ७१ लाख ७९ हजार ९५६ रुपैया संकलन भएको छ । यो लक्ष्य भन्दा ७३ प्रतिशतले बढी भएको जिल्ला मालपोत कार्यालय बर्दियाले जनाएको छ ।
    कार्यालयले ०७२ श्रावण देखि ०७३ असार मसान्त सम्म रजीष्ट्रेसन दस्तुर असुलीवाट ५ करोड ८८ लाख ३४ हजार ८५ रुपैया संकलन गरेको छ भने बाँकी रकम फारम र लालपुर्जा विक्रि, जग्गा रोक्का, सेवासुल्क र विविध गरी कुल ६ करोड ७१ लाख ७९ हजार ९५६ रुपैया राजश्व संकलन गरेको हो । प्रत्यक बर्ष जग्गाको मुल्याङ्कन बढी हुने भएकोले राजश्व पनि बढने गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख भरत पौडेलले बताए ।
    गत आर्थिक बर्ष ०७१÷०७२ को सोही अवधिमा ३ करोड २९ लाख १८ हजार लक्ष्य रहेकोमा ६ करोड ४२ लाख ६४ हजार ८२२ अर्थात १ सय ९५ प्रतिशत राजश्व संकलन गरेको थियो । कार्यालय प्रमुख पौडेलका अनुसार यसबर्ष २ करोड १० लाख ८९ हजार २१८ कार्यालयको बेरुजु रहेकोमा १ करोड ९१ लख १ हजार ८४ रुपेया फछ्योट गरेको छ ।
    आर्थिक बर्ष ०७२÷०७३ मा कुल १० हजार १९७ लिखत पारित भएको    थियो । जसमध्य ग्रामिण क्षेत्रको लिखत संख्या ४ हजार ५२० रहेकोमा सो को जग्गा रजिस्ट्रेसन वापत २ करोड २० लाख ३३ हजार ५६५ र शहरी क्षेत्रको लिखत संख्या ५ हजार ६७७ रहेकोमा जग्गा रजिस्ट्रेसन वापत ३ करोड ६८ लाख ५२० रुपैया राजश्व संकलन गरेको हो । गतबर्ष कुल ११ हजार ७६५ लिखत पारित भएका थिए ।
    त्यस्तै ३ हजार ५४ जना महिलाले आफ्नो नाममा जग्गा दर्ता गराएको जिल्ला मालपोत कार्यालय बर्दियाले जनाएको छ । गतबर्ष २ लाख २६ हजार ५८१ कित्ता जग्गा रहेकोमा यसबर्ष टुक्रिएर २ लाख ३० हजार ५६४ पुगेको छ ।
   

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here

Pages